पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम दिल्ली क्यापिटल्सका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि एक जनामा सङ्क्रमण देखिएकोमा आज थप एक जना विदेशी खेलाडीसहित दुई जनामा सङ्क्रमण पुष्टि भएको क्रिक इन्फोले जनाएको छ ।
दिल्लीको अर्को खेल पर्सि बुधवार पुनेमा पन्जाबसँग हुने तालिका रहेको छ । तालिकाअनुसार दिल्ली आजै पुने जानुपर्नेमा कोरोनाकै कारण सबै खेलाडी होटलको क्वरेन्टीनमा बसेका छन् । टोलीका सबै खेलाडी, अफिसियल, सहयोगीलगायत सबैमा कोरोना परीक्षण गरेपछि खेल रद्द हुने/नहुने निर्णय हुनेछ ।
कोरोना महामारीकै कारण आईपीएलका पछिल्ला दुई वटा संस्करण प्रभावित भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।