साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ ।
ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक भने गरेको छैन ।
उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दक्षिणी सुडानको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा उनलाई गोली लागेको हो ।
घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र घाइतेको अवस्था खतरामुक्त रहेको पनि सेनाले जानकारी दिएको छ । गोली दक्षिण सुडानको पिपुल्स लीवरेसन आर्मीका जवानबाट चलाएको बुझिएको सेनाको विज्ञप्तीमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।