खेल हारेपछि प्लेयर बक्स ताेडफाेड गर्ने नयाँ बस्ती क्लबलाई ३ लाख रुपैयाँ जरिबाना

 वैशाख ६, २०७९ मंगलबार १८:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले 'बी' डिभिजनमा रहेको नयाँ बस्ती युवा क्लबलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ । 

सातदोबाटोमा रहेकाे एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले 'बी' डिभिजन लिग खेलमा अनुशासनहीन काम गरेको भन्दै नयाँ बस्तीलाई जरिबाना गरिएको हो । शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत गएकाे चैत २६ गते भएको खेलमा नयाँ बस्ती युवा क्लब मध्यपुर युथ एसाेसिएशनसँग तीन–एक गोल अन्तरले पराजित भएपछि क्लबले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो ।

त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । याे जरिबानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ । अफिसियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ । एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया