नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।
सरकारले गएको फागुन र चैतमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेको थियो । हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लामा दुई वर्षमाथिका बालबालिकाले जुकाको औषधि खाइसकेको हुन सक्ने भएकोले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन भनिएको छ ।
सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुईपटक खुवाइँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।