म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा : आर्सनलसँग चेल्सी पराजित

 बैशाख ८, २०७९ बिहिबार ८:२९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीका रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक/एक गोल गरे ।

जितसँगै सिटीको ३२ खेलमा ७७ अंक भएको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा १ अंकले अघि छ । ब्राइटन ४० अंकका साथ दशौँ स्थानमा छ ।

अर्को खेलमा आर्सनलले चेल्सीलाई ४–२ गोलले हराएको छ । चेल्सी घरेलु मैदान स्र्टमफोडमा पराजित भएको हो । आर्सनलका एडी एनकेतिहले दुई तथा स्मिथ रोव र बुकाया साकोले एक÷एक गोल गरे । चेल्सीका टिमो वेर्नर र सेजार एज्पिलकुएटाले गोल गरे ।

जितपछि आर्सनल ३२ खेलमा ५७ अंक भएको छ । समान खेलमा टोटनहमको पनि समान अंक छ । तर गोलअन्तरका आधारमा आर्सनल पाँचौ स्थानमा छ । चेल्सीको ३१ खेलमा ६२ अंक छ । चेल्सी तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया