केकी अधिकारी भन्छिन्, ‘विवाहकाे शुभ समाचार यहाँहरूसँग बाँड्न पाउँदा निकै हर्षित छु’

 बैशाख ८, २०७९ बिहिबार २०:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी छिन् । आज बिहीवार उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । 

विवाहपछि केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले कलाकारको रूपमा पाएकाे माया, सद्भाव र समर्थनप्रति आभार रहेकाे बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकारका रूपमा मेरा हरेक उतारचढावको साक्षी बन्नुभएका मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरूव यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ ।’ 

अभिनेत्री अधिकारीले आफूहरूलाई समर्थकहरूकाे माया, साथ र सद्भाव सधैँ रहिरहने विश्वास पनि लिएकी छिन् । 

तस्बिर : केकी अधिकारीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया