धाेनीकाे उत्कृष्ट 'फिनिशिङ' मा मुम्बईमाथि चेन्नईकाे राेमाञ्चक जित

 वैशाख ९, २०७९ शुक्रबार ६:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे छ ।

मुम्बईले दिएकाे एक सय ५६ रनकाे लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेटायाे । अन्तिम ओभरमा १७ रन चाहिएकाेमा चेन्नईका महेन्द्रसिंह धाेनीले अन्तिम बलमा चाैका प्रहार गर्दै टिमलाई जिताए, उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै चेन्नईका लागि अम्बाती रायडुले ४०, राेबिन उथापाले ३० र ड्वेन प्रेटरियसले २२ रन जाेडे । बलिङतर्फ मुम्बईका ड्यानियल साम्सले चार र जयदेव उनादकटले दुई विकेट लिए । 

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५५ रन बनायाे । मुम्बईका लागि तिलक वर्माले ५१ र सूर्यकुमार यादवले ३२ रन बनाए । बलिङतर्फ चेन्नईका मुकेश चाैधरीले तीन र ड्वेन ब्राभाेले दुई विकेट लिए । 

याे जितसँगै चेन्नई सात खेलमा चार अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ । मुम्बई भने लगातार साताैँ हारसँगै तालिकाकाे पुछारमा छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया