साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबासँग प्रधानमन्त्री केपी ओलीले भेट गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरुसहित भेट गर्नु भएको हो । भेटमा घटनाको विवरण सुनाउँदै निर्मलाकी आमा दुर्गाले न्याय पाउनेकी नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभयो । दुर्गाले गहभरी आँसु झार्दै कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय नपाएपछि आफूहरु काठमाडौं आउनु परेको पनि बताउनुभयो ।
घटनाको विवरण आमाबाटै सुने पनि प्रधानमन्त्री ओलीले बालिका निर्मलाको हत्याको घटनाले जोकोहीलाई पीडित तुल्याएको उल्लेख गर्दै घटनाका दोषीलाई उम्कन नदिइने बताउनुभयो । उहाँले अपराधी ठूलो नहुने र त्यसलाई कारबाहीको दायरामा ल्याइछोडने आश्वासन पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले त्यस घटनालाई आफूले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले धेरैवटा छानबिन टोली परिचालन गरेको पनि स्मरण गराउनुभयो । उहाँले घटनाको तथ्य पत्ता लगाउन डीआईजी नेतृत्वको शक्तिशाली छानबिन टोली परिचालन गरिएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्नेलगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको पनि स्मरण गराउनुभयो ।
त्यस अवसरमा अधिकारकर्मीहरुले पनि प्रधानमन्त्री ओलीसँग पीडितलाई न्याय दिन आग्रह गर्नु भएको थियो । सरकारले त्यस घटनाको छानवीनका लागि डीआईजी धिरु बस्नेत नेतृत्वको नौ सदस्यीय टोली परिचालन गरेको छ । प्रधानमन्त्री ओलीले दोषी पत्ता लगाई कडा कारबाही गर्न डीआईजी नेतृत्वको छानबिन टोली नै परिचालन गरिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khem
Sept. 18, 2018, 8:27 a.m.हत्यारा त पछिको कुरा, प्रमाण नष्ट गर्ने लाई पहिलो कार्वाही गरिनुपर्छ ।
यय
Sept. 18, 2018, 5:41 a.m.याे शन्सारमा कसले पाउला न्याय।
अश्विन ढुङ्गेल
Sept. 18, 2018, 5:39 a.m.दोषी खोज्न छानबिन टोलि नै चाहिन्न। दोषी पत्ता पहिला नै लागि सकेको छ। जबकी निर्मलालाई खोज्न निर्मला कि आमा रोशनी बम को घरमा गइन त्यति बेला रोशनी बम ले दिएको जवाफ नै छानबिन को लागि काफी प्रमाण होइन र?? साइकल भेटियो भन्दा त्यसो भए लास पनि त्यतै होला भन्नू। केही समय पछि लास त्यही भेटिनु। यदि मारिएकै हो र लास त्यही छ भन्ने कुरा रोशनी बमलाई कसरि थाहा भयो?? यदि उनी यो घटना सङ्लन नभएको भए??? जुन जवाफ थियो त्यो जवाफ मै प्रयाप्त प्रमाण भेटिन्छ नि होइन र??? अर्को कुरा छानबिन गर्न गठित समुहले नै ढाकछोप गर्न खोज्छ भने दोषी त्यही भित्र छन किन अरु दोषी खोज्दै हिंड्नुपर्छ? किन निलम्बन किन अर्को छानबिन समिति ???
राम शरण डुलाल
Sept. 18, 2018, 3:41 a.m.बलत्कार को घटना लाई प्रधानमन्त्री सम्म पुग्दा र पुरै देशले आवाज बुलन्द गर्दा पनि ठोस बाटो अपनाउन नसक्नु हाम्रो देशको कस्तो बिदम्बना ??????
Sagar chaudhary
Sept. 18, 2018, 12:06 a.m.आदरणीय सम्मान प्रधानमन्त्री केपि ओलि ज्यु लगायत सम्पुर्ण नेपाल पुलिस प्रसाषण र सम्पूर्ण पार्टीलाई यहि भन्न चाहन्छुकी,यदि कंचनपुर घटनामा निर्मला पन्तकी परिवार्लाई न्याय दिलाउन चाहनुहुन्छ,भने सबैभन्दा पहिलो छानबिन निर्मला हत्याको प्रमाण नस्ट गर्ने,त्यो महिला प्रहरी माथी काडाभन्दा कडा छानबिन गर्न जरुरी छ,जहासम्म लाग्छ उहाँलेनै यो राज उगल्ने छ.......
Sudan
Sept. 17, 2018, 10:58 p.m.सबै नाटक र चटक हुन ...याद गर्नुस/१. बालकृष्ण ढुंगेल २. भुजेल काण्ड ३. ३३ किलो सुन काण्ड ...यस्तै नहोस निर्मला बहिनीको केसमा पनि / एक दुई महिनाको सजायँ पछि छुट नपाओस् ती दुष्टले ....चेतना भया सरकार /
Devendra
Sept. 17, 2018, 10:40 p.m.प्रधानमन्त्री ओलीले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरुसहित भेट गर्नु भएको हो ।
TRS
Sept. 17, 2018, 10:29 p.m.यी अपराधीलाई कार्वाही नभए अपराध गर्नेको मनोबल बढ्नेछ र देश दुर्दशाको दलदलमा फस्नेछ! होशियार सरकारमा बस्नेहरू
अनिल महत
Sept. 17, 2018, 3:28 p.m.सम्माननीय प्रधानमन्त्रीज्यू ,घटनामा प्रमाण नष्ट गर्ने लगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन मात्र होइन ,सख्त कारवाहीका साथ ठाडै बर्खास्त गरि तिनीहरुमाथि नै अनुसन्धान गरे सेकेन भरमै मुख्य अपराधी को हो पत्ता लागिहाल्छ l हुन त अहिलेको नया कानूनले नै घटनामा प्रमाण नष्ट गर्नेलाई कानूनी कारवाही गर्न साथ दिएकै छ क्यारे !
मनोज दाहाल
Sept. 17, 2018, 3:16 p.m.आफ्नी प्राण भन्दा प्यारी नाबालक छोरिलाई गिद्दले सिनो लुछे झैँ सामूहिक रुपमा अस्मिता लुटेर हत्या गरेको क्रुर घटनालाई सहदै पिडाले दुखेको मन लिएर न्यायको खोजिमा बरर....... आँशु झार्दै सरकारी कार्यालयका ढोका चाहार्नु परेको समाचारले अत्यन्तै दुखि बनायो, नेपाली समाझलाई कता लान खोजेको हो सरकार ?