आईपीएलमा राजस्थानले दिल्लीलाई हरायाे, जाेस बटलरका रेकर्ड नै रेकर्ड

 वैशाख १०, २०७९ शनिबार ६:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो ।

मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर दुई सय सात रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए ।

बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बटलरको शतक मद्दतमा दुई सय २२ रन बनाएको थियो ।

बटलरले एक सय १६ रन बनाए । उनले यो सिजनको आईपीएलका सात वटा खेलमा तीन वटा शतकसहित चार सय ९१ रन बनाइसकेका छन् ।

यो आईपीएलमा सबैभन्दा धेरै रन बनाउने, सबैभन्दा धेरै शतक, सबैभन्दा धेरै चौका/छक्का लगायतका कयौँ रेकर्ड बटलरले बनाएका छन् ।

यस्तै, एकै सिजनमा सर्वाधिक शतकको रेकर्ड पनि बटलरकै नाममा दर्ता भएको छ । गएरातिको हारेको  दिल्ली सात खेलमा ६ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया