कोलकातालाई हराउँदै गुजरात आईपीएल क्रिकेटको शीर्षस्थानमा

 वैशाख १०, २०७९ शनिबार २०:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले हरायो ।

जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पाण्डेयले सर्वाधिक ६७ रन बनाए ।

कोलकाताका आन्द्रे रसेलले ४, टिम साउथीले ३, उमेश यादव र शिवम माभीले एक/एक विकेट लिए । जितसँगै गुजरात अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । गुजरातको ७ खेलमा १२ अङ्क भएको छ । आठ खेलमा ६ अङ्क जोडेको कोलकाता सातौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया