आईपीएल 'प्लेअफ' का खेल कोलकाता र अहमदाबादमा हुने

 वैशाख ११, २०७९ आइतबार १८:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो । 

यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुङ्गो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ । दुई वटा सिजनपछि आईपीएलमा यो वर्ष मैदानको पूर्ण क्षमतामा दर्शक प्रवेश गराउन लागिएको हो । अहिले २५ देखि ५० प्रतिशत दर्शकलाई अनुमति दिइएको छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया