बुद्ध एअरको जहाजमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

 वैशाख ११, २०७९ आइतबार १८:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भद्रपुरबाट काठमाण्डौ आएर अवतरण गरेको बुद्ध एअरको जहाजमा १० हजार आठ सय अमेरिकी डलर भेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र एक सय दरका एक सय आठ थान गरी १० हजार आठ सय अमेरिकी डलर प्रहरीले बरामद गरेको जानकारी दिएको छ । बुद्ध एअरको उडानद्वारा भद्रपुरबाट काठमाण्डाै अवतरण भएको विमानको सिटमा छालाको ह्यान्ड ब्यागभित्र वेबारिसे अवस्थामा रहेको डलर प्रहरीले बरामद गरेको हो । 

बरामद डलर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया