इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र बर्नली विजयी

 बैशाख १२, २०७९ सोमबार ६:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उपाधि होड कायमै राखेको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ ।

म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । घरेलु मैदानमा लिभरपुललाई जितलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरेका थिए ।

यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र  बर्नली विजयी भएका छन्  भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई  गोलको बराबरी खेलेका छन् ।

चेल्सीले वेस्ट ह्यामलाई र बर्नलीले वुल्भ्स्लाई १–० गोल अन्तरले पराजित गरेका हुन् ।  जितसँगै ६५ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ भने बर्नली ३१ अङ्कका साथ १७औँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया