आईपीएल : मुम्बईको लगातार आठौँ हार, लखनउ ३६ रनले विजयी

 वैशाख १२, २०७९ सोमबार ६:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार आठौँ हार बेहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई ३६ रनले पराजित गरेसँगै मुम्बईले लगातार आठौँ हार बेहोरेको हो ।

लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए भने तिलक बर्माले ३८ र केइरन पोलार्डले १९ रन जोडे ।

लखनउका कुर्नाल पाण्डेयले ३ तथा आयुष बाडोनी, रवि बोस्नाई, जासन होल्डर र मोशिन खानले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । लखनउका कप्तान केएल राहुलले १ सय ३ रनको शतकीय पारी खेले ।

यस्तै, मनिष पाण्डेले २२, आयुष बाडोनीले १४ तथा क्विनटन डी कक र दीपक होडाले १०/१० रन बनाए । मुम्बईका लागि केइरन पोलार्ड र रिले मेरेडिथले २/२ विकेट लिए भने ड्यानियल साम्स् र जसप्रित बुम्राहले एक/एक विकेट लिए ।

जितसँगै नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अङ्क जोडेको छ । मुम्बई भने ८ खेलमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया