ओलीले हाम्राे घाेषणापत्रबारे ‘आपत्तिजनक शब्द’ प्रयाेग गर्दा पनि आयाेगले ध्यान दिएन : महत

 वैशाख १३, २०७९ मंगलबार १८:४३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ । 

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनुभएको हो । 

प्रवक्ता महतले भन्नुभयाे, ‘आचारसंहिताकाे धज्जी उडाएर, आफूखुसी अत्यन्त तल्लो स्तरबाट पूर्वप्रधानमन्त्रीकाे मुखबाट शब्दहरू आइरहेकाे छ । हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर प्रयाेग गरिएकाे शब्द अत्यन्त खेदजनक छ । यसबारेमा हामी निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ । आचारसंहिताकाे बेलामा मात्रै हाेइन अघिपछि पनि बोल्न नमिल्ने अभिव्यक्तिहरू आइराखेकाे छ तर केही पनि नभएको जस्तो रूपमा उहाँहरूले मात्रै जे पनि बोल्ने, जे पनि गर्ने छुट भए जसरी आएको छ । यसप्रति आयाेगकाे ध्यानाकर्षण गराउँछाैँ ।’

एमाले अध्यक्ष ओलीले आज नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गर्नुभएको थियो । प्रवक्ता महतले ओलीको त्यही टिप्पणीप्रति असन्तुष्टि जनाउनुभएको हो । 

उहाँले पालिका चुनावमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरूको व्यापक प्रचारप्रसार गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुुभयो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया