शिवपुरी निकुञ्जमा लागेकाे डढेलाे अझै निभेन

 बैशाख १३, २०७९ मंगलबार २०:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो अझै निभेको छैन । आज मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको काठमाण्डाै प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

केहीबेर डढेलो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिए पनि अहिले हेलिकप्टरबाट पानी खन्याउन रोकिएको छ । दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भने चलिरहेको उहाँले बताउनुभयो ।  

धेरै ठाउँमा आगो फैलिएकाले निभाउन समस्या भएको एसपी मैनालीकाे भनाइ छ । दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गल र टोखाको सपन तीर्थ जङ्गलमा पनि डढेलो लागेको थियो । टोखा र म्हेपी क्षेत्रका जङ्गलमा लागेको डढेलोे भने निभाइसकिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया