शिवपुरीको जंगलमा लागेको आगो अझै निभाउन सकिएन

 बैशाख १४, २०७९ बुधबार ६:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगल क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।

हिजो  दिउँसो १ बजेतिर लागेको डढेलो निभाउन हेलिकोप्टरमार्फत पानी खन्याए पनि आगो अझै नियन्त्रणमा आउन नसकेको बूढानीलकण्ठ प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगो निभाउने काम भैरहेको छ । अहिले आगो फैलिन रोकिएकाले छिटै निभाउन सकिने प्रहरीले विश्वास लिएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीले प्रयास गरिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया