आईपीएल क्रिकेटमा हैदरावादलाई हराउँदै गुजरात शीर्षस्थानमा

 वैशाख १५, २०७९ बिहीबार ६:५५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको एक सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए । यस अघि मुम्बइमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन जोडेको थियो । हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन माक्र्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले । गुजरातका मोहमद शामीले ३ विकेट लिए । यश डायल र अल्जारी जोसेफले १–१ विकेट लिए । आठ खेलमा सातौं जित निकालेर शीर्ष स्थानमा उक्लिएको गुजरातले १४ अंक जोडेको छ । हैदरावाद आठ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया