चितवनमा एउटा घरमा आगलागी हुँदा ६ वटा पसल जले

 वैशाख १५, २०७९ बिहीबार ८:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा भएको आगलागीमा ६ वटा पसल जलेर नष्ट भएका छन् । तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिनुभयो ।

बिहान २ बजेतिर आगलागी भएको सूचना पाएपछि आगो निभाउन खटिएकोमा बिहान सात बजेमात्र निभाउन सफल भएको डिएसपी अधिकारीले बताउनुभयो । आगो निभाउन चार वटा दमकलको सहयोग लिइएको थियो । आगलागीमा परेर बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, बासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसलमा क्षति पुगेको छ । क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी अधिकारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया