अलमुताइरीले खेलाडीलाई गरेको व्यवहारप्रति मेरो असन्तुष्टि छ : किरण चेम्जोङ

 बैशाख १५, २०७९ बिहिबार १३:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार गतिलो नभएको बताएका छन् ।

व्यावसायिक खेलको लागि माल्दिभ्समा रहेका किरणले फेसबुक स्टाटसमार्फत मुख्य प्रशिक्षक अलमुताइरीको गलत व्यवहार र शैलीका कारण खेलाडी दिक्क भएको आशय पनि प्रकट गरेका छन् ।

नेपाली टोलीका खेलाडी रोहित चन्दले जायज विषय उठाउँदा उनलाई बन्द प्रशिक्षणबाटै निकाल्नु गलत भएको किरणको भनाइ छ । उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीको पक्षमा समर्थन पनि जनाएका छन् ।

टोलीका कप्तान र एक सदस्यको हिसाबले आफू सधैँ खेलाडीको पक्षमा रहेको किरणले लेखेका छन् । प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेका छन् । यस विषयमा अध्ययन भइरहेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया