उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको २४औँ वार्षिकोत्सव आज

 वैशाख १६, २०७९ शुक्रबार ६:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले आज २४औँ वार्षिकोत्सव मनाउँदैछ ।

शिक्षा, सूचना र जानकारीमार्फत नागरिकको सशक्तिकरणमा जोड दिने, गाउँ र नागरिकका समस्या र उपलब्धिसँगै राष्ट्रिय चासो र सरोकारमा बहस गर्ने तथा गाउँ र केन्द्रबीच अन्तरक्रियाको वातावरण बनाउने उद्देश्यले २०५५ साल वैशाख १६ गते कम्यूनिकेसन कर्नरको स्थापना भएको हो ।

स्थापना हुनुअघि नै कम्यूनिकेसन कर्नरले खोजखबर कार्यक्रमबाट रेडियो पत्रिकाको सुरुवात गरेको थियो । २०५७ भदौदेखि उज्यालोको कायाकैरन सुरु भयो । सुरुमा अडियो क्यासेट, इन्टरनेट, टेलिफोन हाइब्रिडबाट प्रसारण हुने कायाकैरन लगायतका विभिन्न समाचारमूलक सामग्री तथा कार्यक्रम अहिले स्याटेलाइट प्रविधिमार्फत देशभरका विभिन्न एफएम रेडियोबाट प्रसारण हुन्छ ।

२०६३ सालदेखि उज्यालो एफएम र २०६८ सालदेखि उज्यालोको अनलाइन पोर्टल ‘उज्यालो अनलाइन डटकम’ सञ्चालनमा छ । उज्यालो मोबाइल एप्लिकेशन र भाइबरबाट समेत उज्यालो रेडियो र अनलाइनको प्रसारण तथा प्रकाशन सहज र व्यापक भएको छ ।

वार्षिकोत्सवको अवसरमा कम्यूनिकेसन कर्नरले विश्वसनीय समाचार र कार्यक्रम निर्माण, प्रसारण तथा प्रकाशनको लागि साथ दिने र सहयोग गर्नुहुने श्रोता, पाठक, साझेदार, सहयोगी तथा शुभेच्छुकहरुप्रति हार्दिक नमन र आभार व्यक्त गरेको छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिष्णु

    April 29, 2022, 7:48 a.m.

    उज्यालोलाइ बार्सिकउत्सव को शुभकामना !!!!राम्रो छ अझै राम्रो बनाउनु होला म दुबैइ बाट!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया