काठमाण्डौको गोकर्णेश्वरमा कान्तिभैरव जात्रा सुरु

 वैशाख १७, २०७९ शनिबार ७:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको गोकर्णेश्वरमा कान्तिभैरव जात्रा सुरु भएको छ ।

वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि कान्तिभैरव जात्रा सुरु हुने गर्छ । जात्रा अघि हिजो स्थानीय बासिन्दाले आआफ्ना घर आँगनमा सरसफाइ गरेका छन्।

गोकर्णेश्वर उत्तरगया क्षेत्रमा ध्वजा पताकाले सिँगारिएको छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको जनविश्वास छ ।

आज स्थानीय डबलीमा आमा छोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दुर जात्रा हेर्ने चलन छ । यसलाई कान्तिभैरवको सिन्दुर जात्रा पनि भन्ने गरिएको साविक गोकर्णेश्वर गाविसका पूर्व उपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताउनुभयो ।

भातको देवता अर्थात जालद्यःलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन ठाउँमा व्रत बसेका तीन जना गुठियारले एक/एक पाथीे भातको देवता बनाउँछन् । भातको अग्लो मूर्तिलाई दुई जनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्छन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात भैरवी मन्दिर पुग्छन् । कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पुर्याएपछि मन्दिर परिक्रमा गराइन्छ । यो जात्रा वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयाका दिनसम्म मनाइन्छ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया