नेपाल र जिम्बाब्वे ‘ए’ बीच पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला आज

 बैशाख १७, २०७९ शनिबार ८:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।

पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल हुनेछ ।

यो खेलका लागि प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया