श्रीलङ्काका प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

 वैशाख १७, २०७९ शनिबार १०:१२:४ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न  राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ ।

श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको हो ।

श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएको सांसद मैत्रीपाला सिरिसेनाले बताउनुभएको छ ।

उहाँले अब बन्ने नयाँ प्रधानमन्त्रीकाे नामबाट एक राष्ट्रिय परिषद् नियुक्ति गरिने तथा मन्त्रिमण्डलमा सबै राजनीतिक दलका सांसद सामेल हुने बताउनु भएकाे अल्जजिरामा उल्लेख छ ।

यसअघि, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए । 


 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया