आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

 वैशाख १७, २०७९ शनिबार १२:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । यसअघिका ८ खेलमा ७ खेल जितेको गुजरात १४ अङ्ककासाथ शीर्षस्थानमा छ । ९ खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ ।

यस्तै आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । राजस्थान ८ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छ । अहिलेसम्म खेलेका ८ खेलमा पराजित मुम्बई अङ्कतालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई २० रनले हराएको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया