नेपाल र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल स्थगित

 बैशाख १७, २०७९ शनिबार १२:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल स्थगित भएको छ ।

बिहानैदेखि पानी परेपछि खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा आज बिहान साढे ९ बजेदेखि खेल सुरु हुने तालिका थियो । तर पानी परेका कारण टस समेत हुन सकेन ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।

पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल हुनेछ । यो खेलका लागि प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया