आईपीएलमा मुम्बईको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

 वैशाख १८, २०७९ आइतबार ६:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय पारी खेले । राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्ध कृष्ण, रविचन्द्र आश्विन, कुलदीप सेन र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय पारी खेले । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले दुई/दुई विकेट लिए । जितसँगै मुम्बईले पहिलो २ अङ्क जोडेको छ । यसअघि लगातार ८ खेलमा हार बेहोरेको मुम्बईले नवौँ खेलमा जित निकालेको हो ।

मुम्बई अङ्क तालिकाको पुछारमा छ । राजस्थानको ९ खेलमा १२ अङ्क छ । राजस्थान दोस्रो स्थानमा रहेको छ। 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया