सुनको भाउ एक हजार रुपैयाँले घट्यो

 वैशाख २०, २०७९ मंगलबार ११:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको फागुनमा भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ त्यसयता भने घट्न थालेको छ । फागुन २५ गते सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो । कोरोना भाइरसको जोखिमसँगै रुस र युक्रनेको युद्धका कारण सुनको भाउ बढेको थियो । 

केही दिनयता भने सुनको भाउ लगातारजसो घटिरहेको छ । हिजो साेमवार तोलामा आठ सय रुपैयाँले घटेको सुनको भाउ आज मङ्गलवार फेरि एक हजार रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपालमा पनि सस्तिएको हो । 

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजोजस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: असार ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया