उद्योगमा विद्युत् आपूर्ति सुरु भएपछि आन्दोलन स्थगित

 वैशाख २१, २०७९ बुधबार १०:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योगमा विद्युत आपूर्ति सुरु भएपछि मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले आन्दोलन स्थगित गरेका छन् । 

यस अघि विद्युत् अबरुद्ध भइरहेको भन्दै उनीहरुले हिजोसम्ममा समस्या समाधान नभए चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले प्रतिबद्धता अनुसार हिजोदेखि उद्योगमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि आन्दोलन स्थगित गरिएको मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेपालका धेरैजसो जलविद्युत् आयोजना नदीमा आधारित रहेकाले हिउँदमा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुने गरेको छ । स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले हिउँदमा भारतबाट बिजुली ल्याएर माग धानिरहेको छ । तर भारतमै पनि विद्युत् उत्पादन घटेकाले माग अनुसारको विद्युत् ल्याउन नसक्दा औद्योगिक क्षेत्रमा बिजुलीको आपूर्तिमा समस्या हुँदै आएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया