नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा छैन, अतिरञ्जनाको पछि नलागौँ : डा. वाग्ले

 वैशाख २१, २०७९ बुधबार १४:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : वाग्लेकाे फेसबुकबाट

काठमाण्डाै – अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधवार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्जना फैलाउन खोजिएको तर हल्ला गरेजस्तो यथार्थ नरहेको बताउनुभएको हो । 

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट शासकीय अहङ्कार र उन्मादका कारण सृजना भएको बताउँदै डा. वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताका लागि अध्ययनविना नै कर छुट, प्रतिफलको मूल्याङ्कन नै नगरि विदेशी ऋण लिएर पूर्वाधार निर्माणलगायतका गलत नीतिका कारण देश नै टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो ।

नेपालले भने तिर्न नसक्ने गरी ऋण नलिएको र पुर्न नसक्ने गरी शोधनान्तर घाटाको अवस्थामा पनि नरहेकाले आत्तिनुनपर्ने तर अहिलेदेखि नै गलत दिशामा गइरहेका सूचकलाई सही बाटोमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

श्रीलङ्कामा जस्तै नेपालमा पनि अध्ययन नगरि आर्थिक नीति बनाउने, देश हाक्नेहरूलाई सल्लाहकारले सही सूचना नदिने, ठूला भ्रष्टाचारलगायतका केही विषय मिल्ने भएकाले सचेत हुनैपर्ने वाग्लेको भनाइ छ । सामाजिक सुरक्षा भत्ता, अनुदान, राहत लगायतमार्फत राज्यको पैसा हचुवाका भरमा वितरण भइरहेको भन्दै उहाँले पर्याप्त अध्ययन गरेर मात्रै सरकारले पैसा खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया