प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज मङ्गलबजारबाट तानेर सुन्धारा पुर्याइँदैछ ।
हिजो रथलाई गाबहालबाट तानेर मङ्गलबजार पुर्याइएको हो । आज दिउँसो ४ बजेपछि रथलाई मङ्गलबजारबाट तानेर सुन्धारामा पुर्याइनेछ ।
हरेक वर्ष मङ्गलबजारबाट तानेर रथलाई हखामा पुर्याइएपछि काठमाण्डौको बज्रशील महाविहार इकुबहालका राजभण्डारीले रथमा सेतो कपडाको पताः चढाउने चलन छ ।
पहिले मङ्गलबजार नजिकै व्हखु नामको नदी भएको र त्यही नदी तार्ने क्रममा रातो मच्छिन्द्रनाथको धोती फेर्ने चलनको रुपमा मङ्गलबजारको हखा अगाडि रथ पुगेपछि विशेष पूजा गरेर पताः चढाउने गरिन्छ ।
लिच्छविकालमा काठमाण्डौ उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याएको र त्यसपछि सहकाल सुरु भएको किंवदन्ती छ ।
यसैबीच, रातो मच्छिन्द्रनाथको रथ यात्राका कारण आज मङ्गलबजार र महापाल क्षेत्रमा गाडी डाइभर्सन गरिएको छ । पाटन, मङ्गलबजार चल्ने गाडीलाई पुल्चोकबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।