आईपीएल क्रिकेटमा आज शीर्ष स्थानको गुजरात र पुछारमा रहेको मुम्बई खेल्दै

 वैशाख २३, २०७९ शुक्रबार १०:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ । गुजरातले १० खेलमा ८ मा जितसहित १६ अङ्क जोडेको छ । मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ । उसको दुई अङ्क मात्रै छ ।

आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २१ रनले हराएको थियो । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया