बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
जिम्बाब्वेको ‘ए’ टोलीसँगको पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले खराब प्रदर्शन गरेको छ । त्रिवि किक्रेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा मात्र १३६ रन बनाएर अलआउट भयो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । यस्तै, करण केसीले २५, कुशल भुर्तेलले १९, दिपेन्द्र सिंह ऐरी १८ रन बनाए । आशिफ शेख र आरिफ शेखले समान ५/५ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ४ रन तथा रोहित पौडेलले ३ रन जोडे । यस्तै, मोहम्मद अदिल आलमले २ रन जोड्दा सुशान भारीले कुनै पनि रन जोड्न सकेनन् ।
जिम्बाब्वेका ब्राड इभान्सले ४ विकेट लिए भने भिक्टर न्याउची, सेफास जुआओ र ब्राण्डन माभुताले २/२ विकेट लिए । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेलेको हो ।
भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी–२० श्रृङ्खला भने बराबरी भएको थियो ।