नेपाल जिम्बावे 'ए' सँग ३ विकेटले पराजित

 बैशाख २३, २०७९ शुक्रबार १४:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे एक सय ३७ रनकाे सामान्य लक्ष्य जिम्बावे 'ए' ले २७ ओभरमा सात विकेट गुमाएर भेटायाे । जिम्बावे ए 'का' लागि इनाेसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई/दुई विकेट लिए । यस्तै साेमपाल कामी र सागर ढकालले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल ३१ ओभर ३ बलमा एक सय ३६ रनमै अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । बलिङतर्फ जिम्बावे 'ए' का लागि ब्राड इभान्सले चार विकेट लिए । 

नेपाल र जिम्बावे 'ए' ले तीन खेलकाे एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । अब दाेस्राे एकदिवसीय खेल भाेलि शनिवार हुनेछ भने तेस्राे एकदिवसीय साेमवार हुनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया