काठमाण्डौलाई सभ्य र समृद्ध बनाउन सबैसँग हातेमालो गर्छु : सिंह

 वैशाख २३, २०७९ शुक्रबार १६:७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी सिर्जना सिंहले आफू विजयी भएमा सबैको अपनत्व महसुस गर्ने महानगर बनाउने बताउनुभएको छ । सत्ता गठबन्धनले आज शुक्रवार काठमाण्डाैकाे रत्नपार्कमा गरेको संयुक्त आम सभामा उम्मेदवार सिंहले सबै जातजातिकाे सम्मान गर्ने र सबैले यो आफ्नै महानगर हो भन्ने भावना जागृत गराउने बताउनुभयो । 

सिंहले काठमाण्डाैकाे समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो । आफू प्रतिनिधि पात्र मात्रै भएकाले महानगरका समस्या समाधान गर्न विज्ञहरूसँग छलफल र परामर्श गर्ने उहाँको भनाइ छ । 

युवाहरूलाई सीपसहित उद्यमी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सिंहले युवा बेरोजगारी र विदेशिनुपर्ने पीडाबारे आफू जानकार रहेको भन्दै आफूले जितेको खण्डमा बेरोजगारी समस्या समाधान गर्ने बताउनुभयो । 

उहाँले महानगरमा सुशासन कार्यम गर्ने, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना मुख्य एजेन्डा भएको पनि बताउनुभयो ।मतदाताको शिर निहुरिने काम कहिल्यै नगर्ने भन्दै सिंहले काठमाण्डाैलाई महाघर जस्तो गरेर चलाउने बताउनुभयो । 

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया