गठबन्धनलाई भाेट नदिनु बेइमानी गर्नु हाे : केसी

 वैशाख २३, २०७९ शुक्रबार १८:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको जिकिर गर्नुभएकाे छ । 

आज शुक्रवार काठमाण्डाैमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नुनहुने बताउनुभएको हो । गठबन्धनका उम्मेदवारलाई जनमोर्चाले इमानदारीपूर्वक सहयोग गर्ने उल्लेख गर्दै उहाँले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि गठबन्धनका सबैले सहयोग गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष केसीले जनमोर्चा सत्तारूढ गठबन्धनमा सहभागी भएकोमा कतिपयले विरोध गर्ने गरेको भन्दै आफूले विगतमा पनि गिरिजाबाबु, गणेशमान लगायतसँग सहकार्य गरेको बताउनुभयो । उहाँले आफ्नो पार्टी प्रतिनिधि सभा विघटन भएदेखि नै गठबन्धनको पक्षमा रहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘गठबन्धन भनेको मिलेको कुरामा मात्रै मिलेर जाने हो नि । यहाँ अरू भएका बाँकी साथीहरूले एमसीसी पास गर्नुभयो तर राष्ट्रिय जनमोर्चाले मान्दै मानेन । नमान्ने अधिकार छ नि हामीसँग । त्यसपछि एमसीसीमा सामेल नहुने फेरि पाँच दलीय गठबन्धनभित्र राष्ट्रिय जनमोर्चा गयो, बिक्यो, सक्कियो पनि भने । चित्रबहादुरको टाउकाेमा रुख चिह्न राखेर समेत यहाँ प्रचार गरिराखेका छन् । ती प्रतिगामीका मतियार हुन् । देशभरि गठबन्धनका उम्मेदवार साथीहरू जहाँ हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाले इमानदारीपूर्वक सहयोग गर्छ । त्यसमा तलमाथि हुन सक्दैन । तलमाथि गर्नु भनेको बेइमानी हो । यस्तो दिन भोलि आउन्न र ?’

अध्यक्ष केसीले वर्तमान सत्तारूढ गठबन्धनभन्दा प्रतिगमन बलियो भएकाेले सजग रहनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lilap singh basnet

    May 6, 2022, 11:17 p.m.

    देश को स्थिती कम्जोर हुँदै गयको अबस्थामा अजै पनि नेपाली जनताले नबुजेर तिनै भष्टचारी दल र नेताकार्यकर्ता लाई भोट् दिएर जिताउनु भनेको आफ्नो खुट्टा मा बन्चरो हाने जस्तै हो 🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया