आईपीएलमा मुम्बईसँग शीर्ष स्थानको गुजरात ५ रनले पराजित

 वैशाख २४, २०७९ शनिबार ६:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा मुम्बईले शीर्ष स्थानको गुजरातलाई ५ रनले हराएको हो ।

मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि रिद्धिमान साहले ५५ रन र सुबमन गिलले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । जितसँगै मुम्बई १० खेलमा ४ अङ्क जोडेर पुछारमा रहेको छ । गुजरात ११ खेलमा १६ अङ्ककासाथ शीर्ष स्थानमा कामयै रहेको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया