प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई मङ्गलबजारबाट तानेर सुन्धारा पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेको दिनमा गाःबहालमा विश्राम गराएपछि हिजो दोश्रो विश्रामस्थल सुन्धारा पुर्याइएको हो ।
दोश्रो विश्रामस्थलमा रथ पुर्याइएपछि बाराही गुथियारले पनिस्था पूजा गर्नुपर्ने परम्परा अनुसार आज सुन्धारामा होमसहित पनिस्था पूजा हुने रथ निर्माणमा संग्लन बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । उहाँका अनुसार जात्राको क्रममा कुनै पनि बिघ्नबाधा नआओस्, रथका कारणबाट कसैलाई केही नहोस् भनेर पनिस्था पूजा गरिन्छ ।
भोलि रथलाई सुन्धाराबाट लगनखेलतर्फ तानिनेछ । लिच्छविकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याइएको र त्यसपछि सहकाल सुरु भएको किंवदन्ती छ ।
रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण आज ललितपुरको पाटन, सुन्धारा हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ । यो रुट भएर चल्ने गाडीलाई ट्यागल र सौगलतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । आज रथ नतान्ने भएकाले दिनभर नै यो रुटमा गाडी डाइभर्सन हुनेछ । काठमाण्डौ उपत्यकाको बाँकी ठाउँमा भने समान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।