नेपालले टस जित्यो : जिम्बाब्वे ‘ए’ ले पहिला ब्याटिङ गर्दै

 वैशाख २४, २०७९ शनिबार ९:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपालले जिम्बाब्वे ‘ए’ सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङ गर्दैछ ।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखिएको छ भने सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिइएको छ। हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ । यसअघि भएको तीन टी–२० अभ्यास खेल एक/एक को बराबरीमा सकिएको थियो । दोस्रो टी–२० वर्षाका कारण प्रभावित भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो । 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया