रुकुम-पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई प्रहरीसहित दश जना घाइते

 बैशाख २४, २०७९ शनिबार ९:५१:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते हुनुभएको छ ।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडाअध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते हुनुभएको हो । त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते हुनुभएको छ ।

त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते हुनुभएको हो ।

विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया