काठमाण्डौको दरबारमार्गमा आज र भोलि गाडी चलाउन नपाइने
असोज २, २०८१ बुधबार
काठमाण्डाै - नेपालसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ टोली ३१ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । यसअघि भएको तीन टी–२० अभ्यास खेल एक/एकको बराबरीमा सकिएको थियो ।
दोस्रो टी–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।