आईपीएल क्रिकेटमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा

 बैशाख २५, २०७९ आइतबार ६:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेमा गएराति भएको खेलमा काेलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको काेलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । काेलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडे ।

लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय पारी खेले । दीपक होडाले ४१ रन जोडे ।

काेलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउको ११ खेलमा १६ अङ्क भएको छ । समान खेलमा १६ अङ्क रहेको गुजरात दोस्रो स्थानमा छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली हुन् । काेलकाता ११ खेलमा ८ अङ्कका साथ आठौँ स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो । राजस्थान ११ खेलमा १४ अङ्कका साथ तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया