प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

 बैशाख २५, २०७९ आइतबार ६:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ ।

यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र उल्भ्सले बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र उल्भ्सले दुई/दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । दोस्रो हाफको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा उल्भ्सले गोल थपेपछि चेल्सीले २ अङ्क गुमायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भए । खेलको ५६ औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टी गोलबाट चेल्सीलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे । तर खेलको ७९औँ मिनेटमा फ्रान्सिको ट्रिनाकोले एक गोल फर्काए ।

अतिरिक्त समयमा उल्भ्सका कोनर कोडीले गोल गरेपछि खेल बराबरी भएकाे थियाे । तेस्रो स्थानमा रहेको चेल्सीको ३५ खेलबाट ६७ अङ्क छ । समान खेलमा उल्भ्स ५० अङ्ककासाथ आठौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया