प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४–० गोलले पराजित

 वैशाख २५, २०७९ आइतबार ६:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।

गएराति भएको खेलमा ब्राइटनले युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । खेलको १५औँ मिनेटमा मोइसेसले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए।

४९औँ मिनेटमा मार्क कुकुरेलाले गोल गरी अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ५७ औँ मिनेटमा पास्कल ग्रोबले गोल थपे । लगत्तै खेलको ६०औँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरेपछि ब्राइटन ४–० गोलको फराकिलो अन्तरले विजयी भयो ।

जितसँगै ब्राइटनले ३६ खेल ४७ अङ्क जोडेको छ । ब्राइटन नवौँ स्थानमा छ । ३७ खेलमा ५८ अङ्कका साथ युनाइटेड छैटौँ स्थानमा छ । 

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका अरु खेलमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले र क्रिष्टल प्यालेसले वाटफोर्डलाई १–० गोलले हराएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया