नार्कको ३० वर्ष : ८० बालीका ७ सय २३ जात विकास र सिफारिस

 वैशाख २५, २०७९ आइतबार ११:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तीस वर्षमा ८० बालीका ७ सय २३ वटा जात विकास गरेको छ । ती जात विकाससँगै किसानलाई प्रयोगका लागि सिफारिस भएका छन् । यसका साथै विभिन्न बालीवस्तुका उत्पादन तथा व्यवस्थापन प्रविधिहरु पनि सिफारिस गरिएको नार्कले जनाएको छ ।

यी प्रविधिले उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुगेको नार्कका कार्यकारी निर्देशक डा.दीपक भण्डारीले बताउनुभयो । स्थानीय हावापानी, भूगोल, माटो र आर्थिक अवस्थामा आधारित उन्नत प्रविधिको प्रयोगले कृषिको दिगो विकास सम्भव रहेको र यसका लागि निरन्तर अनुसन्धान आवश्यक पर्ने उहाँको भनाइ छ ।

नयाँ प्रविधिको माग पनि बढ्दो छ । जलवायु परिर्वतनका कारण कृषि क्षेत्रमा देखा परेको र पर्नसक्ने असरलाई न्यूनीकरण गर्न ध्यान केन्द्रित गरेको नार्कले जनाएको छ ।

अनुसन्धानबाट विकसित सफल प्रविधि एकीकृत रुपमा खेतबारीमा पुर्याउन नार्कले प्रविधि गाउँ कार्यक्रमको सुरुवात समेत गरेको छ । सन् २०३० सम्ममा भोकमरी शून्य बनाउने तथा संविधानले उल्लेख गरेको सबैका लागि खाद्य अधिकारलाई सुनिश्चित गर्न कृषि उत्पादन र उत्पादकत्वलाई बढाउन आवश्यक रहेको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । त्यसका लागि हाइब्रिड जातको प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले ५० प्रतिशत हाइब्रिड जात, ३०/४० प्रतिशत विकासे जात र १० प्रतिशत रैथाने जातको प्रयोग गर्न सकिने पनि बताउनुभयो । २०४८ सालमा स्थापना भएको नार्कले आज ३१औँ वार्षिक उत्सव मनाउँदैछ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया