आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

 वैशाख २५, २०७९ आइतबार १३:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ ।

पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ ।

हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।

चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली पाँचौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो थियो । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया