चुनावको दिन उद्धार तथा सहायता र सरकारको निर्देशनमा हुने उडान नरोकिने

 वैशाख २५, २०७९ आइतबार १३:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे वैशाख ३० गते शुक्रवार पालिका चुनावको दिन आन्तरिक उडान बन्द हुने भएका छन् । 

निर्वाचन आयोगको निर्णयअनुसार ३० गते शुक्रवार सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । तर मानवीय उद्धार तथा सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने सङ्घले जानकारी दिएको छ । 

निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ । तर अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउजाउका लागि यात्रुलाई प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया