पूर्वी युक्रेनको एक विद्यालयमा रुसको आक्रमण, कम्तीमा ६० जनाको ज्यान गयाे

 वैशाख २६, २०७९ सोमबार ७:१:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट पछिल्लो पटक झन्डै ६० जनाको ज्यान गएको बताउनु भएको छ ।

पूर्वी युक्रेनको एक विद्यालयमा रुसले आक्रमण गरेको र आक्रमणमा परेर झन्डै ६० जनाको ज्यान गएको उहाँले बताउनु भएको हो । रुसले विमानमार्फत बम खसालेको युक्रेनले दाबी गरेको छ। तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको युक्रेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू स्तब्ध रहेको बताउनु भएको छ । उहाँले नागरिकलाई निराश बनाउनु गलत भएको भन्दै घटनाको भर्त्सना गर्नुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया