स्याङ्जामा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारे

 वैशाख २६, २०७९ सोमबार १३:३९:५१ | रासस
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन् ।

हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा आएको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेपछि  स्थानीयले पनि काठको दाउराले हिर्काएर मारेका स्थानीय रेशम गोतामेले बताउनुभयो  ।

चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ ।  मरेको चितुवालाई इलाका वन कार्यालयमा लैजाने तयारी भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया