प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै – निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार चुनावको दिन देशभर पानी पर्ने भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हाे ।
‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिककाे व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निर्णय भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भन्नुभयो ।
यसको समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।